निर्वाचन कि पुनःस्थापना ?

-ऋषि कट्टेल

अचेल नेपालको राजनीतिमा निकै चर्चामा रहेको विषय हो । सुशीला सरकार संवैधानिक कि असंवैधानिक प्रश्न पनि त्यत्तिकै चर्चामा छ । यो प्रश्न २३, २४ भदौमा भएको घटनाले सिर्जना गरेको हो । २३, २४ घटना बुझ्न त्यसको कारण र परिणाम बुझ्नु पर्दछ । पात्र हेरेर निर्धारण गर्न हुँदैन । त्यसको कारण आन्तरिक रुपमा असफल भइरहेको संसदीय ब्यवस्था र प्रतिक्रियावादी राज्यसत्ता भित्र विकास भइरहेको शत्रुत्रापूर्ण अन्तरविरोध र वाह्यरुपमा विदशी शक्तिहरुको नेपालमाथिको हस्तक्षेपमा भइरहेको निकृष्ट प्रतिस्र्धा । यो नयाँ व्यवस्था वा देशको स्वाधिनताको लागि हैन । केवल सत्ताको कुत्सित मनसाय पुरा गर्न घटाइएको घटना हो । अहिले परिणामले त्यही पुष्टि गरेको छ ।

जहाँसम्म निर्वाचन कि पुनःस्थापना भन्ने प्रश्न छ । यी दुबै कुरा नेपालमा विकसित द्वन्द्व र हस्तक्षेप रोक्ने बाटो हैन । सबैभन्दा पहिले संसदको काम के हो बुझ्नु पर्दछ । संसदको मुख्य तीन काम हुन् । पहिलो विधि नीति बनाउने, दोस्रो सरकार बनाउने र तेस्रो सरकार र संवैधानिक निकायहरुलाई नियन्त्रण गर्ने । यी कुनै कामगर्न नसक्ने यस्तो बेकम्मा संसद किन पुनःस्थापना गर्ने ? दोस्रो केही मान्छे जम्मा भएर कुटकाट आगजनी गरेपछि विघटित हुने संसदको निर्वाचन किन गर्ने ? भोलि अर्काथरिले पनि त कुटकाट गर्लान् । अनि देशको काम चुनाव मात्रै गराइरहने हो ? यसकारण सबैले के प्रष्ट हुन जरुरी छ भने प्रतिक्रियावादी राज्यसत्ताको वर्तमान संरचना असफल भयो । अब नेपाली जनताले नयाँ राज्यसत्ता निर्माण गर्नुपर्दछ । त्यसको लागि तत्कालको निम्ति राजनीतिक गोलमेच र दीर्घकालिन समाधानको लागि वर्तमान सत्ताको ध्वंस र जनसत्ताको निर्माण सबैभन्दा सही बाटो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *