काठमाडौं । एएफसी यु-१७ महिला एसियन कप छनोट अन्तर्गत भएको आफ्नो पहिलो खेलमा नेपालले बराबरी खेलेको छ । बुधबार बेलुकी सम्पन्न खेलमा नेपालले तुर्केमेनिस्तानसँग गोलरहित बराबरी खेलेको हो ।
थाइल्याण्डको चोन्बुरी स्टेडियममा भएको खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाढ्न बाध्य भएका हुन् । बराबरीसँगै दुवै टोलीले एक/एक अंक बाढेका छन् ।
अब नेपालले दोस्रो खेल १७ अक्टोबरमा थाइल्याण्डसँग खेल्नेछ ।