ओमानविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत केहिबेरमा ओमानविरुद्ध हुने खेलमा नेपालले टस  जितेको छ ।  अल अमेरात क्रिकेट मैदानमा केहिबेरमा शुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । कतारविरुद्धको खेलबाट सन्दीप जोराको स्थानमा लोकेश बमले टोलीमा मौका पाएका छन् ।

नेपाल र ओमान दुवै टोली टी-२० विश्वकपको लागि छनोट भइसकेका छन् । केहिबेर अगाडि सम्पन्न खेलमा युएईले सामोआलाई हराएसँगै नेपाल र ओमान दुई खेल अगावै विश्वकपको लागि छनोट भएका हुन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), कुशल मल्ल, लोकेश बम, दीपेन्द्र सिंह एरी, गुलसन झा, मोहम्मद आदील अलाम, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *