मधेश प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने सहमति

जनकपुरधाम । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको हो ।

पाँच दलको बैठकले लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । मन्त्रालयको भागबण्डा भन्ने टुङ्ग्याउन भने बाँकी छ ।

जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले आज अपरान्ह ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । सो आह्वान अनुसार पाँच दलका नेताहरु ५६ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्न जाँदैछन् ।

१०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *