टी-२० विश्वकप छनोटमा आज नेपाल र कतार भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत आज हुने खेलमा नेपाल र कतार भिड्दैछन् । अल अमेरात क्रिकेट मैदान ट्रफ १ मा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरू हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आइतबार भएको खेलमा युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको नेपाल आजपनि जित निकाल्दै विश्वकपमा छनोट हुने सम्भावना बालियो बनाउन चाहन्छ ।

यता कतार भने सुपर सिक्समा पहिलो जितको खोजीमा हुनेछ । कतार पहिलो खेलमा ओमानसँग ३४ रनले पराजित भएको थियो । कतार समूह ‘ए’को दोस्रो स्थानमा रहँदै  र नेपाल समूह ‘बी’को विजेताको रुपमा सुपरसिक्समा पुगेको हुन् ।

सुपर सिक्समा नेपाल दुई खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट अंकविहीन कतार पुछारमा रहेको छ ।

हालसम्म टी-२० आईमा नेपाल र कतार तीनपटक आमनेसामने भएका छन् । जसमध्ये नेपालले दुई खेल जित्दा कतारले एक खेल आफ्नो पक्षमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *