काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्रशान्त छनोट अन्तर्गत जारी खेलमा जापानले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा जापानले नेपाललाई जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको हो । जापानको लागि केन्डेल काडोवाकी-फ्लेमिङले अर्धसतक बनाए । उनले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६० रन प्रहार गरे । यस्तै इसाम रहमानले ३१ र बेन्जामिन इटो-डाभिसले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि गुलसन झा र सन्दीप लामिछानेले दुई/दुई विकेट लिँदा सोमपाल कमी र नन्दन यादवलेपनि समान एक/एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।
