टी-२० विश्वकप छनोटमा आज नेपाल र जापान भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्रशान्त छनोट अन्तर्गत आज हुने खेलमा नेपाल र जापान आमने सामने हुँदैछन् । अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे शुरू हुनेछ ।

एक खेल अगावै सुपर सिक्समा पुगिसकेकाले आजको खेलले समूह ‘बी’को विजेता र उपविजेताको टुंगो लाग्नेछ । बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपाल र जापान एक खेल अगावै सुपर सिक्समा पुगेका थिए । यसअघि भएको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो ।

आजको खेल दुवै टोलीलाई निकै महत्त्वपूर्ण रहेको छ । सुपर सिक्समा पुगिसकेको हुनाले आजको खेलमा विजयी टोलीले जोड्ने दुई अंक सुपर सिक्समा जोडिनेछ । त्यसैले दुवै टोली आजको खेल जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *