नेपालद्वारा कुवेतलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्रशान्त छनोट अन्तर्गत जारी खेलमा नेपालले कुवेतलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले कुवेतलाई जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो  ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले अर्धसतक बनाए । उनले ५६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ६६ रन बनाए । यस्तै अन्त्यमा गुलसन झाले ६ बलमा तीन छक्काको मद्दतमा २० रनको पारी खेलपछि नेपाल प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भएको हो । खेलमा दीपेन्द्र सिंह एरीलेपनि समान २० रन बनाउँदा कप्तान रोहित पौडेलले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

कुवेतको लागि नविनराज राजेन्द्रन र अनुदिप चेन्थामाराले समान दुई/दुई विकेट लिँदा मोहम्मद आकिफ फारुक र मोहम्मद अस्लामले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *