मोदीले भने-कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारी वर्षाका कारण पीडादायी अवस्थामा रहेकाले सहयोग गर्न तयार रहेको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत प्रधानमन्त्री मोदीले अबिरल वर्षाले धनजनको क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ । हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं। एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *