नेपालमा रहेका विदेशी पर्यटकलाई सहयोग गर्न पर्यटन बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले हाल नेपालमा रहेका विदेशी पर्यटकलाई सहयोग गर्न आग्रह गरेको छ ।

शनिबार विज्ञप्ति जारी गरी बोर्डले नेपालमा हाल करिब २० हजार विदेशी पर्यटक रहेकाले उनीहरूको सुरक्षा तथा सहयोगमा स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

बोर्डले विशेष गरी स्थानीयलाई पर्यटकलाई खाना, बास र आवश्यक सहयोग उपलब्ध गराउन र मूल्यवृद्धि नगरी सहयोगी भाव देखाउन अपील गरेको छ ।

बोर्डले विदेशी नागरिकलाई नेपालको कानुन अनुसार दर्ता भएका ट्राभल कम्पनी र लाइसेन्स प्राप्त गाइडसँग मात्र यात्रा गर्न, यात्रापूर्व गन्तव्य र सडक अवस्थाको जानकारी लिन र समस्या परेमा पर्यटन संकट हटलाइन (११४४) मा सम्पर्क गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *