प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ। प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको बुद्धनगरबाट एक जनालाई पक्राउ गरेको छ ।

चाडपर्वका बेला सडक सुरक्षामा कर्तव्य पालनाको खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गर्ने सिन्धुलीको ग्याङलेख गाउँपालिका–५ घर घई काठमाडौँको बबरमहल बस्ने ३६ वर्षीया नेवाङ्ग तामाङ पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *