प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

शाक्यलाई यसअघि कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । पछिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर भदौ ३१ गते प्राधिकरणबाट बिदा भएपछि यो पद खालि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *