काठमाडौं । ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक भर्सन सार्वजनिक गरिएको छ । ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ स्वरुपमा म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यो गीत २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको थियो । कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको यो कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई’लाई राजु थापाले रिमेक गरेका हुन् । गीतको रि–एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन् ।
राजु स्वर्गीय कृष्ण विक्रम थापाका जेठा छोरा हुन् । गीतको भिडियो छायाँकन पनि सिन्धुली जिल्लाकै रमणीय स्थानहरूमा गरिएको छ ।
बासु बरालको सिनेमेटोग्राफी रहेको भिडिओ निर्देशन क्रान्ति केसीले गरेका छन् । गीतको भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्की, पवन केसी, सत्य देवी, पवित्रा रम्तेल तथा काजी थापाको अभिनय छ ।