बार्यन म्युनिख क्लब विश्वकपको फाइनलमा

प्रज्जवल थापा । जर्मन क्लब बार्यन म्युनिख क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनल खेलमा बार्यनले इजिप्टियन क्लब अल अहलीलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलको टिकट काटेको हो ।

अहमेद बिन अली रगंशालामा भएको खेलमा बार्यनलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । खेलको १७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई खेलमा अग्रता दिलाएका थिए ।

८६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई २-० गोलको सहज जित दिलाए । अब बार्यनले उपाधीको लागि बिहीबार मेक्सिकन क्लब टिग्रेससँग खेल्नेछ । टिग्रेसले सेमिफाइनलमा पाल्मेइरासलाई १-० गोलले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *