ला लिगामा आज रियल म्याड्रिड र गेटाफे भिड्दै

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिड र गेटाफे भिड्दै छन् । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै रियल म्याड्रिड शिर्ष स्थानको एथ्लेटिको म्याड्रिडसँग अङ्क दुरी घटाउन चाहन्छ । हाल रियल म्याड्रिड २१ खेलमा ४३ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । अहिलेको अवस्थामा रियल म्याड्रिडलाई चोटको समस्याले निकैनै सताएको छ । म्याड्रिडको पहिलो टोलीका खेलाडीहरु इडेन हजार्ड, सेर्जियो रोमस, डानी कार्भाहल, फेड्रिको भाल्भेर्डे, लुकास भास्क्वेस, रोड्रिगो, इडर मिलिटाओ, अल्भारो ओर्डिजोला सबै घाइते रहेका छन् ।

यता गेटाफे चोटले बिथलिएको म्याड्रिडमाथि जित निकाल्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल गेटाफे २१ खेलमा २४ अङ्क जोड्दै लिगको १३ औं स्थानमा रहेको छ । गटाफेले आफ्नो पछिल्लो ३ खेलमा जित निकाल्न सकेको छैन । दुई टोलीबिच भएको पछिल्लो १८ खेलमा म्याड्रिडले १६ खेल जितेको छ भने १ खेल गेटाफेले आफ्नो पोल्टामा पारेको थियो । गेटाफेले सन् २०१२ यता म्याड्रिडलाई पराजित गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *