काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाउँदै नेपाली राष्ट्रिय दिवसका उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन र नेपाल पहाड र नदी जोडिएको असल छिमेकी, राम्रा साथी र असल साझेदार रहेको उल्लेख गरेका छन् ।
उनका अनुसार, दौत्य सम्बन्ध कायम भएको ७० वर्षयता अन्तर्राष्ट्रिय परिस्थिति र नेपालभित्रको स्थिति जसरी परिवर्तित भएपनि दुवै देशले यथावत रूपमा शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्तलाई कायम राख्दै एकले अर्काको सम्मान गर्नुका साथै आपसतमा समर्थन गर्दै आएका छन् ।
द्विपक्षीय सम्बन्ध पनि निरन्तर रूपमा स्वस्थ र स्थिर रूपमा विकसित हुँदै आएको देखिन्छ । राष्ट्रपति सीले सन्देशमा भनेका छन्, ‘चीन नेपाल सम्बन्धको विकासप्रति मैले उच्च महत्व दिएको छु। राष्ट्रपतिज्यूसँगै मिलेर परम्परागत मित्रतालाई बिँडो थामेर राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पारी आपसी हितयुक्त सहकार्यलाई गहन पार्दै विकास र समृद्धितिर उन्मुख हुने चीन नेपाल परम्परागत मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई विकसित पार्नुका साथै दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान म इच्छुक छु।’
त्यस्तै चीनका प्रधानमन्त्री ली छ्याङले पनि नेपालका अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई सन्देश पनि पठाएका छन् ।
