बाढीका कारण मोरक्कोमा २४ जनाको मृत्यु

बाढीपहिरोमा परी मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी नै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *