नेतृत्वको माथिल्लो दुई पुस्तालाई बिदा गर्नैपर्छ

-डा. युवराज संग्रौला

हरेक आन्दोलनमा एक खालका मान्छेका लुगा फुस्केर नाङ्गा हुन्छन् । हिजो तिनै सबैभन्दा बढी खुरे र झोले थिए । यी राजनीतिमा कुनै इंजार र तुना समातेर पसेका थिए । यी मलाई भन्थे ‘तपाईंलाई थाइ बागी भन्छन्’ भनेर सुनाएझैं मलाई घोच्दथे । तर आज तिनै ‘आवश्यकताको सिद्धान्तले’ गाईलाई भैंसी पनि बनाउन सक्छ भनी दाबी गर्छन् ।

१. एउटा कुरा बुझ्नुहोस् मित्रहरू, नेपालका प्रत्येक आन्दोलनमा दृश्य अदृश्य शक्तिको संलग्नता हुँदै आएको छ। कमान्ड रुममा बसेर निर्देश गरिरहेको हुन्छ। कसैको गोटी जानेर नजानेर बन्छ । युवाहरूले यो बुझ्नुपर्छ।

२. हामीले राज्यको पक्षमा, राज्यको शासकीय स्वरुपको सामथ्र्य निर्माण गर्न, उत्पादनलाई पुनर्निर्माण गर्ने, तहगत जातीय बरियताद्वारा ग्रस्त सामाजिक संरचना बदल्न र अहिलेको घिनलाग्दो संघीयता समाप्त गरेर प्रायोगिक स्वायत्तता निर्माण गर्न विवेकशिल नागरिकहरु अगाडि आउनु आवश्यक छ।

३. उमेर सिद्धान्त हुन सक्दैन । दिमागको उमेर हुँदैन । उमेरको क्षमतामात्र तलमाथि हुन्छ। त्यसैले युवाहरुले उमेरका कारणले होइन सहभागिताका कारण कम्तिमा ४०% प्रतिनिधित्व हुनुपर्छ।

४. निषेधको राजनीति सम्भव छैन । कुनै एक व्यक्तिले राज्यको जिम्मा लिन सक्दैन । नेतृत्वको माथिल्लो दुई पुस्तालाई बिदा गर्नुपर्छ । तेस्रो पुस्तामा भ्रष्टाचारविहीन व्यक्ति खोज्नुपर्छ । अब राजनीतिमा पुनर्गठनको विकल्प छैन, तर विकल्प ले आफ्नो वर्ग र त्यसैको आधार निर्माण गर्ने बिचार आवश्यक छ ।

अतः राज्यलाई अगाडि जान बाधा नगरौं । तर अगाडि जानुको तात्पर्य अराजकता र अपराध गर्नु होइन । निर्माण मात्र राजनीति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *