फूटसल एसियन कप छनोटमा सहभागि नभएपछि एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना

काठमाडौं । एसियाली फूटबल महासंघ(एएफसी)ले अखिल नेपाल फूटबल संघ(एन्फा)लाई जरिवाना गरेको छ । एएफसी फुटसल एसियन कप छनोटमा सहभागी नभएपछि एएफसीले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको हो ।

एएफसीको अनुशासन र आचारसंहिता कमिटीको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार डलर जरिवाना लगाउने निर्णय गरेको हो ।

नेपालले एएफसी फुटसल एसियन कप २०२६ को छनोटमा नाम दर्ता गरपनि पछि नाम फिर्ता लिएको थियो । अब एन्फाले उक्त जरिवाना एक महिना भित्रमा तिर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *