सुशील कोइरालाको स्मृतिमा नेविसंघले गर्‍यो दीप प्रज्ज्वलन

काठमाडाैं । नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा आज साँझ दीप प्रज्ज्वलन गरेको छ।

नेविसंघ केन्द्रीय समितिले कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै दीप प्रज्ज्वलन गरेको हो।

नेविसंघ महामन्त्री दीपक भट्टराईले कोइरालाको नेतृत्वमा नेपालमा २०७२ सालमा संविधान निर्माण भएको उल्लेख गर्दै कोइरालाको योगदानको चर्चा गरेका थिए।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघले कोइरालाको स्मृतिमा शान्तिबाटिकामा दीप प्रज्ज्वलन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *