लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार राति दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । प्रधानमन्त्री कियर स्टार्मरले यसलाई ‘विशेष सम्बन्ध’ सुदृढ गर्ने अवसरका रूपमा लिएका छन् ।
ट्रम्पको आगमनअघि नै अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट र बेलायती वित्तमन्त्री रेचल रिभ्सले विश्वका दुई प्रमुख वित्तीय केन्द्रबीच सहकार्य बढाउन ‘ट्रान्सअटलान्टिक टास्कफोर्स’ गठन गरिएको घोषणा गरेका छन् ।
बुधबार ट्रम्पलाई विन्डसर क्यासलमा राजा चाल्र्सले स्वागत गर्ने कार्यक्रम तय भएको छ। भव्य शाही समारोहलाई प्रधानमन्त्री स्टार्मरले आफ्नो भ्रमणलाई सम्भावित चुनौतीहरूबाट जोगाउने कूटनीतिक अवसरका रूपमा उपयोग गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीका प्रवक्ताले भने, ‘प्रधानमन्त्रीले दुवै मुलुकले सामना गरिरहेका चुनौती र अवसरबारे छलफल गर्नुहुनेछ। हामी हाम्रो गहिरो र अतुलनीय सम्बन्धको नयाँ युगतर्फ अघि बढिरहेका छौं।’