संयुक्त आन्दोलनमा जाँदा कांग्रेसलाई घाटा हुन्छ: महामन्त्री कोइराला

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संयुक्त आन्दोलनमा जान नहुने बताएका छन् । नेकपाका प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरूद्ध संयुक्त आन्दोलनमा जानुपर्ने प्रस्ताव कांग्रेससँग राख्दै आएकाे सन्दर्भमा महामन्त्री काेइरालाले उक्त धारणा सार्वजनिक गरेका हुन् ।

पार्टीका पूर्वसभापति सुशील कोइरालाको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले भने, ‘हाम्रो आफ्नै अस्तित्व छ, विचार छ । संयुक्त आन्दोलनमा जान हुँदैन ।’ उनले अहिलेको अवस्थामा कांग्रेसको भविष्य उज्ज्वल रहेको पनि बताए ।

नेकपाभित्र विवाद भएका बेला त्यसको फाइदा कांग्रेसलाई पुग्ने आँकलन उनको थियो । ‘मैले राजनीतिक दृष्टिकोणले भनेको संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ,’ कोइरालाले भने, ‘आन्दोलन गर्दा कसैसँग मिल्न हुन्न । हामीलाई घाटा हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *