काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले माघ २८ गते काठमाडौंमा हुने सभाको स्थान र जुलुस निकाल्ने रुट तय गरेको छ । प्रचण्ड -नेपाल समूहले भृकुटीमण्डपमा सभा गर्ने भएको छ । यसअघिको सभा भृकुटीमण्डपमा गरेको समूहले यसपटक पनि त्यहीँ विरोध सभा गर्ने भएको हो ।
समूहले सभाअघि पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निकाल्ने रुट तय गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा यसअघि माघ ९ गते काठमाडौंमा, विराटनगर र धनगढीमा शक्ति प्रदर्शन गरिसकेको छ ।

