लन्डन । हाल नेपालको जटिल परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए यूकेले यहि २० सेप्टेम्बरको लागि तय गरेको अन्तरक्रिया कार्यक्रम स्थगित गरेको छ।
प्रमूख सल्लाहकार आर.के. त्रिपाठी र सचिव कृष्णप्रसाद खतिवडाको संयोजनमा कार्यक्रम आयोजना गर्ने तयारी भएको थियो । कार्यक्रममा गैरआवासीय नेपालीको वर्तमान चुनौती, प्रत्यक्ष संसदीय प्रतिनिधित्वको आवश्यकता तथा एनआरएनएको भविष्यको स्वरुपबारे छलफल हुने तय गरिएको थियो।
तर नेपालभित्रको राजनीतिक तथा सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै जिम्मेवार नेतृत्वले कार्यक्रम तत्कालका लागि नगर्ने निर्णय गरेको हो ।
एनआरएनए यूकेका प्रवक्ता कुल प्रसाद कंडेलले यस निर्णयलाई आवश्यक र जिम्मेवार कदमको रुपमा व्याख्या गरेका छन्। साथै, संस्थाले गैरआवासीय नेपालीहरुलाई निरन्तर रुपमा सूचित गर्ने र आगामी दिनमा अझ सशक्त छलफलका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाएको छ।