नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतद्वारा मन्त्री पद अस्वीकार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई मन्त्री बन्न आग्रह गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले रुइतलाई मन्त्री बन्न आग्रह गरेकी हुन् ।  तर रुइतले अस्पतालको काम र बिरामी छाड्न नसक्ने भन्दै मन्त्री बन्न अस्वीकार गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटपछि रुइतले पत्रकारहरुसँग भने, ‘यहाँ अस्पतालमा छु । यहाँ छाडेर आउने ? यत्रो काम छ, यहाँ छाडेर आउने ? बिरामीलाई छाडेर आउँदैन ।’

शुक्रबार कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो । कार्की नेतृत्वको सरकारमा तीन मन्त्री चयन भएपनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *