लोपेज, राफिन्हा र लेवान्डोस्की चम्किदा बार्सिलोनाको फराकिलो जित

एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ६-० गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन फेर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोस्कीले समान दुई/दुई गोल गरे । खेलको २९ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

५३ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बार बनाए । तीन मिनेटपछि लोपेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० गोलको अग्रता दिलाए । ६६ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई फराकिलो जिततर्फ अगाडि बढाए ।

७६ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ५-० गोलको अग्रता दिलाए । यस्तै ८६ औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६-० गोलको जित दिलाएका हुन् ।

जितसँगै बार्सिलोना ४ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको भ्यालेन्सिया १५ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *