काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजी समूहले बालुवाटारमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री कार्कीले मन्त्री छनौट गर्दा आफूहरुसँग सल्लाह नगरेको भन्दै जेनजीले प्रधानमन्त्रीको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन गरेको हो ।
कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन गरेको हो ।
आइतबार प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार, अर्याललाई कानुन तथा गृह र रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गर्ने निर्णय गरेपछि जेनजीमा विवाद चुलिएको हो ।