प्रिमियर लिगमा आर्सनल विजयी, चेल्सी रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले सहज जित निकाल्दा चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा नोट्टिन्हाम फरेस्टलाई ३-० गोलले हराउँदै आर्सनल लिगको शीर्ष स्थानमा रहेको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन मार्टिन जुबिमेन्डीले दुई र भिक्टर ग्योकेरेसले एक गोल गरे । खेलको ३२ औँ मिनेटमा जुबिमेन्डीले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । ४६ औँ मिनेटमा ग्योकेरेसले गोल गर्दै म्याड्रिडलाई २-० गोलको अग्रता दिलाए ।

यस्तै ७९ औँ मिनेटमा जुबिमेन्डीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० गोलको जित दिलाएका हुन् । जितसँगै आर्सनल ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ४ अंक जोडेको फरेस्ट १४ औँ स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा चेल्सी ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरीमा रोकिएको हो । जिटेक कमिनिटी स्टेडियममा भएको खेलमा चेल्सीको लागि कोल पाल्मेर र मोइसेस काइसेडोले समान एक/एक गोल गर्दा ब्रेन्टफोर्डको लागि केभिन स्चाडे र फाबियो कार्भाल्होले एक/एक गोल गरे ।

जितसँगै चेल्सी ४ खेलबाट ८ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड ४ अंकजोड्दै १२ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *