संसद विघटनको निर्णय विडम्बनापूर्णः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद विघटन गर्ने निर्णय विडम्बनापूर्ण भएको बताएका छन् । संसद विघटन र सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमतिप्रति आपत्ति जनाउँदै पोखरेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *