वीरगंजबाट झण्डै दुई लाख नक्कली नोटसहित एक पक्राउ

वीरगंज। झण्डै दुई लाख नक्कली नोटसहित एक पक्राउ परेका छन्।

वीरगंज महानगरपालिका-१३ राधेमाईस्थित सडकखण्डबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको टोलीले बिआर ०५ एएम ६०९७ नम्बरको भारतीय मोटरसाइलमा सवार युवकलाई रोकेको थियो। उनी मोतिहारीको रक्सौल बस्ने २२ वर्षीय अमनदिपकुमार सिंह थिए।

उनीबाट प्रहरीले एक हजार दरको १ सय ९३ वटा नक्कली नोट बरामद गरेको थियो। जम्मा १ लाख ९३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

साथै उनीबाट प्रहरीले खैरो हिरोइन पनि बरामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *