काठमाडौं । न्याय परिषद्ले ६ जना जिल्ला न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा कार्यरत गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
यस्तै, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरूणकुमार कोइरालालाई डडेलधुरा, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाललाई कालीकोट, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर, सर्वोच्च अदालतकी इजलास अधिकृत अनुपमा पन्त धनुषा र कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्रालाई रौतहट जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ ।