चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच टेलिफोन वार्ता

चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच फोन वार्ता भएको छ । उनीहरुबीच शनिबार फोनवार्ता भएको हो । चीनकाे पूर्व विदेशमन्त्री याङ्ग चे छ्रि र अमेरिकी सचिव एन्टोनी ब्लिङ्केनबीच शनिबार फोनमा कुराकानी भएको बताइएको हो ।

फोनवार्ताका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै दुई देशको आपसी हितका बारेमा विभिन्न कुराकानी भएको बताइएको छ । यतिखेर चीनको अमेरिकासँगको सम्बन्ध एक महत्वपूर्ण स्थानमा उभिएको छ र आगामी दिनमा पनि यी दुई देशबीचमा महत्वपूर्ण सम्बन्ध अघि बढ्ने याङ्गले बताएका थिए ।

चीनले चीन र अमेरिकाबीचको सम्बन्ध पारस्पिारिक हित र सम्मानका साथ हुनुपर्ने भन्दै आगामी दिनमा पनि यस्तै सम्बन्ध चाहेको जानकारी गराएको चिनियाँ कूटनीतिज्ञले जानकारी दिए । उनले चीन अमेरिकासँगको सम्बन्ध सधैँ एकनासको र आपसी सम्मानका आधारमा कायम गर्न चाहेको भन्दै आगामी दिनमा पनि यस्तै एकनासको सम्बन्धका पक्षमा चीन रहेको जानकारी उनले दिएका थिए ।

चीनले अमेरिकालाई उसले विगतका गल्तीहरु सच्याओस् र आगामी दिनमा पनि विना कुनै तनाव असल र सुमधुर सम्बन्धको विकास गरोस् भन्ने चाहेको पनि आफूले वार्ताका क्रममा अमेरिकासँग आग्रह गरेको याङ्गले बताएका छन् ।

चीनले अमेरिकालाई आफ्ना दुई देशका बीचको हित र आवश्यकताको महत्वका साथै आ–आफ्नो राजनीतिक प्रणालीको छनोटको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएको पनि त्यस अवसरमा उनले बताएका चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वार्ताका क्रममा सचिव एन्टोनी ब्लिङ्केनले पनि अमेरिका र चीनबीचको कूटनीतिक सम्बन्ध यी दुई दशेका लागि मात्र होइन कि विश्वका अरु पनि कैयौँ देश एवं विश्वका लागि नै महत्वपूर्ण रहेको धारणा राखेका थिए । उनले अमेरिका चीनसँग स्थायी र रचनात्मक रुपमा सम्बन्ध राख्न चाहेको र आगामी दिनहरुमा पनि अमेरिकाले चीनसँग कैयौँ मुद्दामा सँगै मिलेर अघि बढ्ने पनि बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *