एएफसी महिला च्याम्पियन्स लिगमा आज एपीएफ र स्कोलर्स भिड्दै

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण अन्तर्गत हुने खेलमा आज नेपालको नेपाल एपीएफ क्लब र थाइल्याण्डको कलेज अफ स्कोलर्स भिड्दैछन् । मार्काजी स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरू हुनेछ ।

आज हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा घरेलु टोली पीएफसी नासफसँग ३-० गोलले पराजित भएको एपीएफ आजको खेलमा जित निकाल्दै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवित राख्न चाहन्छ ।

यता स्कोलर्स भने आज एपीएफलाई हराउँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाउने लक्ष्यमा रहेको छ । पहिलो खेलमा स्कोलर्सले साउदी अरेबियाको अल नासरलाई २-० गोलले हराएको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल हाल एक खेलबाट अंकविहीन रहँदै पुछारमा रहेको छ । समान खेलबाट समान ३/३ अंक जोडेका नासफ र स्कोलर्स क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् भने अल नासर अंकविहीन रहँदै तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *