काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यलयमा धर्ना दिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
त्यसैगरी बिहीबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा पेरिसडाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ । विद्यालय शिक्षा विधेयकमा रहेका विभिन्न प्रावधानप्रति असन्तुष्टि जनाउँदै महासंघ आन्दोलित छ ।