सिग्देलको नविनतम कृति गौराङ्ग विमोचन

 

 

 

काठमाडौं।अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’द्वारा रचित नविन कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएकोछ।
साहित्य बाटिका नेपाल तथा मुक्तिनाथ दर्शन समाज नेपालले काठमाडौंमा एककार्यक्रमको आयोजना गर्दै विमोचन गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि एवं शिक्षा सचिव गोपीनाथ मैनालीले उक्त खण्ड काव्यको विमाचन गरेका हुन्।गौराङ्ग खण्डकाव्य प्रचारबाट टाढा रहेका गौराङ्गबाबाका विषयमा लेखिएको कृति हो।
सोही कार्यक्रममै प्रमुख अतिथि मैनालीले मुक्तिनाथ दर्शन साहित्यसमाज नेपालको समुद्घाटन समेत गरे।कार्यक्रममा मिना सिग्देल उप्रेतीद्वारा स्थापना गरिएको ‘शेरबहादुर कान्छीउप्रेती’स्मृति पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक तुलसीहरि कोइरालालाई११हजार१सय११नगद सहित प्रदान गरिएको थियो।कार्यक्रममा समालोचक युवाराज मैनाली, प्राडा अर्जुनदेव भट्ट, डा. खेम कोइराला ‘बन्धु’कलानिधि दाहाल लगायतले कृति र कृतिकारका वारेमा चर्चा गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *