लसएन्जेल्स। अमेरिकाको लसएन्जेल्सका प्रहरीले ‘ हलिवुड ’ को नाम फेरेर ‘ हलिवुव ’ बनाउने महिला तथा पुरुषहरुको एक समूहलाई गिरफतार गरेको छ । विश्वकै चर्चित चलचित्र उद्योगको रुपमा चिनिने हलिवुडको नाम यसरी केहि समय फेर्नु‘को पछाडि आफुहरुको स्तन क्यान्सर सचेतना सन्देश दिने उद्देश्य रहेको तिनीहरुले बताएका छन् । प्रहरीले पाँच जना पुरुष र एक जना महिला हलिवुडको साइन वोर्ड राखिएको पहाड चढेर डब्ल्युको स्थानमा ‘ बि ’ लेखिएको र अन्त्यमा डिको स्थानमा पनि ‘ बि ’ लेखिएको विशाल अक्षर राख्न सफल भएको बताएको छ । यसरी हलिवुडलाई हलिवुव बनाएर पहाडबाट झर्दै गर्दा तिनीहरु पक्राउमा परेका थिए । निषेधित क्षेत्रमा प्रवेश गरेको अरोपमा पक्राउ गरिएका तिन्ीहरुलाई रिहा पनि गरिसकेको छ ।
यस घटनामा संलग्न एक मात्र महिला वयष्कहरुको पत्रिका स्यागम्यागका संस्थपक तथा कार्यकारिणी अधिकारी जुलिया रोज हुन् । उनले यस प्रान्कका लागि जिम्मेवारी लिएकी छन् । तर उनले यो कार्य हंसाउने उद्देश्यले मात्र नगरिएको पनि भाइस नाक अखवार सामु स्पष्ट पारेकीछन् ।
रोजले यस कार्यको मूल उद्देश्य इन्स्टाग्रामका प्रमुख एडम मोस्सेरीको ध्यानाकर्षन गर्नु रहेको जनाएकीछन् । उनले सो सामाजिक संजाल प्लेटफर्मले हालै मात्र अश्लिलताको कारण जनाउँदै कूल ६० लाख फलोयर भएको आफ्नो निजी र विजिनेस पेजहरु बन्द गरेको गुनासो गरेकीछन् । उनले झण्डै अर्को विह्व चर्चित वयस्क पत्रिका प्लेब्वाइसंग मल्निे आफ्नो पत्रिका अझ प्लेब्वाइको तुलना बढि श्लिल रहेको दावी गरेकीछन् ।
