टप इन्ड टी-२० मा आज नेपाल र एनटी स्ट्राइक्स भिड्दै

काठमाडौं ।अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेटटोलीलेटप इन्ड टी-२०क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने आफ्नो पहिलो खेलमानर्थनटेरिटोरी स्ट्राइक्सविरुद्ध खेल्दैछ। डार्विनमा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे शुरु हुनेछ।

नेपालले पहिलोपटकटप इन्ड टी-२० मा सहभागिता जनाउन लागेको हो । त्यसैले नेपाल आज डेब्यु खेलमै जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । आईसीसीटी-२० विश्वकप छनोटको तयारी स्वरूप नेपालले उक्त प्रतियोगितामा सहभागिता जनाएको हो ।

प्रतियोगितामा नेपालले कुल ६ खेल खेल्ने छ ।नेपालले दोस्रो खेल १६ अगस्टमा बंगलादेश ‘ए’, १८अगस्टमा मेलबर्न स्टार्स, १९अगस्टमाहोबर्ट हुरिकेन्स, २०अगस्टमा मेलबर्न रेनेगडेसर २२ अगस्टमा पाकिस्तान शहिन्ससँग खेल्नेछ ।

नेपालीटोलीका मुख्य प्रशिक्षक स्टुवर्ड लले यसअघिनै रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए । नेपालीटोलीमा कप्तानपौडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, आरिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र अहाब आलम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *