काठमाडौं। नेपाली राष्ट्रिय महिला फूटबल टोलीले फिफा वरीयतामा छलाङ मारेको छ । विश्व फूटबलको सर्वोच्च निकाय(फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लिएको हो ।
यसअघि १ सय औँ स्थानमा रहेको नेपाल १३ स्थान माथि उक्लिँदै ८७ औँ स्थानमा पुगेको हो । फिफा वरीयतामा यो नेपालको हालसम्मकै उच्च वरीयता हो । यसअघिसन् २०१७ डिसेम्बरमा नेपाल ९१औँ स्थानमा रहेको थियो ।
हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटअन्तर्गत भएको खेलमा श्रीलंका र लाओसलाई पराजित गर्नुका साथै घरेलु टोली उज्वेकिस्तानसँग बराबरी खेलेपछि नेपालको वरीयता ठुलो सुधार आएको हो ।
हाल नेपालको १२४८.२६ अंक रहेको छ ।बंगलादेशसबैभन्दा धेरै २४ स्थानमाथि उक्लिदै १ सय ४ औं स्थानमापुगेको हो ।दक्षिण एसियातर्फ भारत सात स्थान माथि उक्लिँदै ६३ औँ, पाकिस्तान ३ स्थानमाथि उक्लिँदै १ सय ५४ औँ, श्रीलंका दुई स्थान तल झर्दै १ सय ६१ औँ, भुटान८ स्थानमाथि उक्लिदै १ सय ६३ औँ रमाल्दिभ्स दुई स्थान तल झर्दै १ सय ६५ औँ स्थानमा रहेका छन् ।
वरीयताको शीर्ष स्थानमा स्पेन, दोस्रो स्थानमा अमेरिका, तेस्रो स्थानमा स्वीडेन, चौथो स्थानमा इंग्ल्याण्ड र पाँचौ स्थानमा जर्मनी रहेका छन् । यस्तै फ्रान्स, ब्राजिल, जापान, क्यानाडा र उत्तर कोरिया क्रमश: छैटौंदेखि दशौँ स्थानमा रहेका छन् ।