बलात्कारपछि किशोरीको हत्या

बैतडी । बैतडीमा बिहीबार एक किशोरीको बलात्कारपछि हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको हो ।
ती किशोरीको शव स्थानीय लवलेक जंगलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरि फालिएको अवस्थामा फेला परेको छ । उनले भने– मृतकको शरिरभरी निलडाम र घाउहरु रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन् ।
विगत केही दिनदेखि २÷४ जना केटाहरु मोटरसाइकलमा विद्यालय लैजाने पुर्याउने गरेका थिए भन्ने छ, ती केटाहरुमाथि नै शंका गरेका छौं उनले भने– कटानी जाहेरी दिन्छौं, संलग्नलाई कडा कारवाहीको माग छ संलग्नलाई कानुनी दायरामा नल्याउदासम्म घटनानस्थलबाट शव समेत नउठाउने आफन्तले बताएका छन् ।
ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने ातन धर्म माविका प्रधानाध्यापक बलदेब नाथको भनाई छ । उनले भने– घटना हुनु निकै दुखद छ, घटनामा संलग्नलाई आवश्यक कारवाही हुनुपर्छ,।
घटनास्थलकै प्रकृति हेर्दा शंकास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए । उनले भने– बिच जंगलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ,थप कुरा अनुसन्धानपछि थाहा होला घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।
घटनालाई गम्भीर रुपमा लिएको र थप अनुसन्धानका लागि घटनास्थलतर्फ आफैं गइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए । किशोरीको कसले किन हत्या गरेको हो भन्ने बिषयमा अहिले नै भन्न सकिने अवस्था छैन उनले भने– घटना शंकास्पद रहेको छ, घटनास्थल पुगेपछि थप कुरा भन्न सकिन्छ ।
घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत मगाईसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *