केरुङ नाकाको समस्या समाधान गर्न प्रमुख सचेतक बर्तौलाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौताले रसुवाको केरुङ सडकखण्ड अवरोध हुँदा चीनबाट सामान ल्याउन समस्या भएकाले सरकारको ध्यानाकर्षण गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले चाडपर्व नजिकिँदै गर्दा चीनबाट सामान ल्याउन समस्या भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘गएको असार २४ गते रसुवामा भीषण बाढी गयो, केरुङ नाकाको मितेरी पुलमा क्षति भयो, केरुङ नाका अहिले अवरुद्ध छ, त्यसको कारण केरुङ भएर नेपालतर्फ आउने सबै गाडीहरु रोकिएका छन्, त्यसको चाप अहिले तातोपानी नाकामा परेको छ, तातोपानीबाट पनि प्रत्येक दिन आठ/दश वटा मात्रै कन्टेनर नेपाल आउने र जाने अवस्था रहेछ, यसलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले कोदारी खण्डमा यातायातका लागि असहज भएकाले सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *