भिजिट भिसा प्रकरणमा जोकोही दोषी भएपनि कारबाही हुनुपर्छः सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे पटकपटक सरकारसँग छानबिनका लागि माग गर्दा पनि सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाए । उनले भिजिट भिसा प्रकरणमा जो कोही दोषी भएपनि कारबाही हुनुपर्ने बताए ।

भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार व्यक्तिगत भुल वा प्रशासनिक त्रुटि नभई राज्यसत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको कर्तुत रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *