काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु सह्य नहुने बताएका छन् । पछिल्लो राजनीतिक घटनालाई संकेत गर्दै पूर्वराजा ज्ञानेन्द्रले ट्विट गर्दै सत्ताको खेल जनताको मन जितेर खेल्नुपर्ने बताएका हुन् ।
वर्तमान सरकारले जनताको दैनिकीमा ध्यान नदिएको भन्दै आफ्नै राग अलाप्दै आत्मरतिमा रमाएको उल्लेख गरेको छन् । उनले भनेका छन्, “जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ ।”
पूर्व राजा ज्ञानेन्द्रले बन्द, हडतालजस्ता गतिविधिलाई जनविरोधी क्रियाकलाप भन्दै आलोचनासमेत गरेको छन् । “सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले,” उनले भनेका छन्, “जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।”
जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ । सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले । जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) February 4, 2021
