लिग वानमा पिएसजीको शानदार जित

प्रज्जवल थापा । फ्रेन्च लिग वान मा साविक विजेता पेरिस सेन्ट जर्मन(पिएसजी) ले शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा पिएसजीले निमेसलाई ३-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन एन्जल डि मारिया, पाब्लो साराबिया र कालियन एम्बाफेले एक/एक गोल गरे । खेलको १८ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा डि मारियाको पासमा पाब्लो साराबियाले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए ।

६८ औं मिनेटमा पारेडेसको पासमा कालियन एम्बाफेले गोल गर्दै पिएसजीलाई ३-० गोलको अग्रता दिलाए । बाँकिसमयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि पिएसजी विजयी भएको हो । जितसँगै पिएसजी २३ खेलमा ४८ अङ्क जोड्दै तेस्रो स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *