कुर्मुरे उद्योगमा आगलागी, ९ करोडको क्षती

 

झापा । झापाको बिर्तामोड नगरपालिका–२ लालमाटीमा रहेको कुर्मुरे तथा चीज बल्स उद्योगमा आगलागी हुंदा करोडौको क्षती भएको छ।

आगलागीबाट ९ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ।

बुधबार राति ११ बजेतिर विद्युत सर्ट भएर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आगो निभाउन बिर्तामोड, भद्रपुर, दमक तथा मेचीनगर नगरपालिकाका दमकलको प्रयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *