काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ परेका छन् । एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी पाँच दिन म्याद थप भइसकेको परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । पक्राउ पुर्जी जारी भएपछि अहिराज फरार भएका थिए ।
अहिराजले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएकी थिइन् । अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख भएका थिए ।