प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । आइतबार अपरान्ह प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच एमाले मुख्यालय च्यासलमा भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी एमाले मुख्यालय पुगेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेमा एउटा पक्ष उनलाई रोक्ने पक्षमा देखिएको छ भने अर्को पक्ष रोक्न नहुने पक्षमा छ ।

एमालेको दुई दिनसम्म चलेको सचिवालय र पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणलाई लिएर पक्ष विपक्षमा बहस भएको थियो ।

प्रधानमन्त्री ओलीले पनि पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण नभएको र पूर्वराष्ट्रपतिले राजनीतिमा आउने विषयमा आफूसँग कुनै सल्लाह नगरेको बताउँदै आएका छन् । यसै सन्दर्भमा उनीहरुबीच भेटवार्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *