काम चलाउ सरकारको काम संविधान कुल्चिने मात्र भयो : भीम रावल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले काम चलाउ प्रधानमन्त्रीको काम संविधान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने काम मात्रै भएको टिप्पणी गरेका छन्।

उनले ट्विट गर्दै सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउँदा संविधानमाथि प्रहार भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीको एकपछि अर्को स्वेच्छाचारी कार्य बढ्दै गइरहेको नेता रावलको भनाइ छ।

उनले ट्विटरमा लेखेका छन्, ‘सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो। यो निन्दनीय छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *