काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लिले ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक रुपमा निरन्तरता दिएको छ । कर्णालीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) लागि प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको हो ।
पहिलो संस्करणमा पनि ज्ञानेन्द्र कर्णालीको मुख्य प्रशिक्षक रहेका थिए । उनको प्रशिक्षणमा कर्णालीले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो ।