मध्यपश्चिम विश्वविद्यालयको  एक अर्ब ३६ करोडको बजेट पारित

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको  १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ  ४६ करोड २५ लाख र सञ्चालनतर्फ  ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *