एजेन्सी । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी)लाई ३-० गोलले हराउँदै चेल्सीले दोस्रोपटक विश्वकपको उपाधि जितेको हो ।
मेटलाइफ स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन कोल पाल्मेरले दुई गोल गर्दा जोए पेड्रोले एक गोल गरे । खेलको २२ औँ मिनेटमा गुस्टोको पासमा पाल्मेरले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए । आठ मिनेटपछी कोलविलको पासमा प्लामेरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए ।
४३ औँ मिनेटमा प्लामेरको पासमा पेड्रोले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चेल्सी ३-० गोलले विजयी भएको हो ।
